देउवा पक्षको कारबाहीबारे गगनले भने -  'अराजक निर्णय'

विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरुमाथि गरिएको कारबाहीले देउवा पक्ष पार्टीका रुपमा नभएर कम्पनी लिमिटेडका रुपमा रहेको बताए ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Gagan said about the action taken by Deuba's party - 'Chaotic decision'

काठमाडौँ — कांग्रेस देउवा पक्षको कारबाहीलाई विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले विधानविपरीत र अराजक निर्णय भएको प्रतिक्रिया जनाएका छन् । 

विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरुमाथि गरिएको कारबाहीले देउवा पक्ष पार्टीका रुपमा नभएर कम्पनी लिमिटेडका रुपमा रहेको बताए । ‘यसरी कांग्रेस चल्छ ? कारबाही गर्दा यसरी हुन्छ ? एउटा स्पस्टीकरण पनि सोध्न पर्दैन ? एउटा निजी कम्पनीसँग त सोधिन्छ भने हामी त पार्टीका महामन्त्री हौं ।'

कान्तिपुर संवाददाता

Link copied successfully