निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिनुपर्छ : थापा

उनले बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएर निर्णय गरेकाले आयोगले मान्यता दिने दाबी गरे । भने– 'मलाई निर्वाचन आयोग र कानुन तथा सबै संस्थाप्रति विश्वास छ । निर्वाचन आयोगले विशेष महाधिवशेनबाट आएको कुरालाई मान्यता दिनुपर्छ ।'

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Election Commission should recognize special general convention: Thapa

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले विशेष महाधिवेशनलाई सम्बोध गर्दै निर्वाचन आयोगले आफूहरुले गरेको निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरेका छन् ।

उनले बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएर निर्णय गरेकाले आयोगले मान्यता दिने दाबी गरे । 

‘हामीले अन्तिम समयसम्म कोसिस गरेका हौँ,’ उनले भने, ‘त्यो मिलन । मलाई निर्वाचन आयोग र कानुन तथा सबै संस्थाप्रति विश्वास छ । निर्वाचन आयोगले विशेष महाधिवशेनबाट आएको कुरालाई मान्यता दिनुपर्छ । ’ 

उनले कसैले 'आइज' भनेर आएको र 'जा' भनेर नजाने पनि बताए । उनले निर्वाचन आयोगमा पहिला पत्र पठाएर आफूहरुलाई वार्तामा शेरबहादुर देउवा पक्षले बोलाएको दाबी गरेका छन् ।

कान्तिपुर

Link copied successfully