महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress Central Working Committee decides to take action against General Secretaries Thapa and Sharma, along with Joint General Secretary Mansur.

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको कांग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिए ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर रहेका छन् ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully