नयाँ कांग्रेस बनाएर निर्वाचनमा जान विशेष महाधिवेशन गरेको हो : गगन थापा 

संस्थापन पक्षले कारबाही गरेलगत्तै भृकुटीमण्डपको बन्दसत्रमा बोल्दै नयाँ कांग्रेस बनाउने महाधिवेशन गर्नुपरेको बताए ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

A special general convention was held to form a new Congress and go to the elections: Gagan Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले आफू सभापति हुन विशेष महाधिवेशन आहृवान नगरेको बताएका छन् ।

संस्थापन पक्षले कारबाही गरेलगत्तै भृकुटीमण्डपको बन्दसत्रमा बोल्दै नयाँ कांग्रेस बनाउने महाधिवेशन गर्नुपरेको बताए । ‘हामीले शेरबहादुर देउवालाई पटकपटक भन्यौं, हामीलाई केही चाहिएको होइन । आज बिहान गएर भनेको छु,’ उनले सुनाए, ‘विशेष महाधिवेशनबाट नेतृत्व छानौं । जसलाई छाने पनि हुन्छ । पूर्णबहादुर खड्का, शेखर कोइरालालाई छाने पनि हुन्छ । तर नयाँ कांग्रेस बनाएर निर्वाचनमा जाऔं भनेको हो ।’

उनले आफू सभापति बन्न विशेष महाधिवेशन गरेको नभई नयाँ कांग्रेस बनाएर निर्वाचनमा जाने उद्देश्य रहेको बताए ।

कान्तिपुर

Link copied successfully