महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन नभई भेला मात्रै हो : नेता साउद

विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ भने सभापति देउवा पक्ष केन्द्रीय समिति बैठक डाकेर पार्टी कार्यालय सानेपामा जम्मा भएका छन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

The call by the two general secretaries is not a special general convention, but just a gathering: Leader Saud

काठमाडौँ — नेपाली कांग्रेस संस्थापन पक्षका नेता एनपी साउदले महामन्त्रीद्वयले भृकुटीमण्डपमा बोलाएको विशेष महाधिवेशन नभएर भेलामात्रै भएको दाबी गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग बोल्दै नेता साउदले नियमित महाधिवेशन स्थगित गर्न र नयाँ महाधिवेशन मिति तोक्ने बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पनि सहभागी भएकाले भृकुटीमण्डपको महाधिवेशन भेला मात्रै भएको टिप्पणी गरे ।

'पुसका लागि तोकिएको १५ औं नियमित महाधिवेशन प्रमुख नेताहरुकै सहभागितामा स्थगित गरिएको हो । नयाँ मिति तोक्ने बैठकमा पनि उहाँहरु (गगन-विश्वप्रकाश पक्ष) हुनुहुन्थ्यो,' नेता साउदले भने,'नियमित अधिवेशन स्थगित भएपछि उहाँहरुले बोलाउनुभएको यो (विशेष महाधिवेशन) भेलाभन्दा ज्यादा हुन सक्दैन ।'

विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ भने सभापति देउवा पक्ष केन्द्रीय समिति बैठक डाकेर पार्टी कार्यालय सानेपामा जम्मा भएका छन् । देउवा पक्षको दिउँसो १ बजे बोलाइएको बैठक अझै बस्न सकेको छैन । 

सहमतिको प्रयासस्वरुप केन्द्रीय विशेष महाधिवेशन पक्षले पनि आजै तोकिएको मतदान कार्य बुधबार सार्दै छ । 

कान्तिपुर

Link copied successfully