वार्ता चलिरहेका बेला पौडेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विशेष महाधिवेशनले कांग्रेसलाई अझै एकताबद्ध बनाउने उल्लेख गरेका छन् ।
काठमाडौँ — कांग्रेसको विवाद समाधानका लागि वार्तास्थलमा रहेका कांग्रेस नेता प्रदीप पौडेलले आफूहरु एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन् ।
वार्ता चलिरहेका बेला पौडेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विशेष महाधिवेशनले कांग्रेसलाई अझै एकताबद्ध बनाउने उल्लेख गरेका छन् ।
पार्टी विवाद समाधानका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तर्फबाट सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विशेष महाधिवेशन पक्षधरसँग छलफलमा रहेका पौडेलले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सब नेपाली कांग्रेसको पक्षमा छौं ।’
कांग्रेसको विशेष महाधिवेशन तीन दिनदेखि काठमाडौंमा जारी छ । जसमा संस्थापन पक्ष सहभागी छैन । संस्थापन पक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
