उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे ।
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे ।
उनी नेकपा नेता एवं राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् । माओवादी विभाजन भएपछि सन्तोष चन्दतर्फ लागेका थिए । जनयुद्ध लडेका सुवेदीले पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएका थिए ।