संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले पनि ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ लिएका थिए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएका केन्द्रीय सदस्यहरुले शपथग्रहण गरेका छन् ।
कात्तिक तेस्रो साता माओवादी केन्द्र, एकीकृत समाजवादीबीच एकता भए पनि मंगलबार समामायोजन भएपछि २४९९ जनाले शपथ लिएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेसिसडाँडामा उपस्थित भएका र बाहिर रहेकालाई भर्चुअल माध्यमबाट संयोजक पुष्पकमल दाहालले केन्द्रीय सदस्यलाई शपथ गराए ।
शपथ ग्रहण गराएपछि दाहालले पार्टी एकता अझै बढाउँदै लग्ने बताए । ‘अझै एकतालाई बढाउँदै विशाल बनाइनेछ,’ दाहालले भने, 'हामी गर्वका साथ एक ठाउँमा छौं ।’
दाहालले बृहत् वाम एकता गर्ने उद्देश्य भएको पनि बताए ।
संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले पनि ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ लिएका थिए ।
