नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने दल १९ पुगे, सोमबार दुई समूह मिसिए

जनता समाजवादी पार्टीका उपाध्यक्ष शिवलाल थापा समूह र लिम्बूवान कम्युनिस्ट पार्टी सोमबार नेकपामा समाहित भएका हुन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

The number of parties joining the Nepali Communist Party has reached 19, with two groups merging on Monday.

What you should know

काठमाडौँ — जनता समाजवादी पार्टीका उपाध्यक्ष शिवलाल थापा समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । त्यस्तै, लिम्बूवान कम्युनिस्ट पार्टी र नेकपाबीच पनि एकता भएको छ । यी दुईसहित नेकपामा १९ दल समाहित भएका छन् । यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित १७ दल मिलेर नेकपा बनेको थियो ।

नेकपा केन्द्रीय कार्यालयमा सोमबार नेकपा संयोजक पुष्पकमल दाहल, सहसंयोजक माधवकुमार नेपाल र जसपा नेपाल उपाध्यक्ष थापाबीच हस्ताक्षर भएको छ । 

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको लागि सडक, सदन र सरकार तीन वटै क्षेत्रमा संघर्षरत रहने, समाजवादका लागि नेपालको मौलिक विशेषता र संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, क्षेत्रीय, जातीय र लैगिंक विभेदको अन्त्यमा साथै समातामूलक न्याय, पूर्ण विभेद रहित समाजको निर्माण गर्ने,’ सहमतिमा उल्लेख छ, ‘जसपा, नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा उक्त समूहका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला जनवर्गीय संगठनहरु, क्षेत्र तथा पालिका तहका समितिहरुमा आवद्ध नेता, कार्यकर्ताहरुलाई आपसी सहमतीका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।’ 

लिम्बूवानको पहिचानको मुद्दालाईलाई अघि बढाउने गरी लिम्बूवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ । ‘लिम्बूवानको पहिचानको मुद्दालाई उठाइरहेको पार्टी लिम्बूवान क्रान्तिकारी पार्टीबीचमा निम्न बुँदाहरूमा एकता गर्ने सहमति गरियो,’ दाहाल, नेपाल र लिम्बूवानका अध्यक्ष मनिष लिम्बूले हस्ताक्षर गरेको सहमतिमा भनिएको छ, ‘लिम्बूवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरुलाई सम्मानका साथ उपर्युक्त ढंगले समायोजन गर्ने सहमति गरियो ।’

कान्तिपुर

Link copied successfully