समानुपातिकको बन्दसूचीमा रहेकाहरुलाई नाम फिर्ता लिन आयोगले निकाल्यो सूचना 

बिहान १० देखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

The Commission has issued a notice to withdraw the names of those on the closed list of proportional representation.

काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा नाम भएका व्यक्तिहरुले फिर्ता लिन चाहे निवेदन दिन आग्रह गरेको छ । 

आयोगले आइतबार सूचना प्रकाशित गर्दै २८ गते आयोगमा पुगेर फिर्ता लिन आग्रह गरेको छ । ‘बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने छ,’ आयोगको सूचनामा भनिएको छ, ‘कुनै कारणबस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ 

बिहान १० देखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ । 

दलहरुलाई आजसम्म आयोगले बन्दसूची सच्याउने मिति दिएको थियो । दलहरुले सच्चाएर सूची पेस गरेपछि आयोगले नाम फिर्ता लिनेहरुका लागि सूचना प्रकाशित गरेको हो ।

The Commission has issued a notice to withdraw the names of those on the closed list of proportional representation.

कान्तिपुर संवाददाता

Link copied successfully