विशेष महाधिवेशनले कांग्रेसभित्रको चरम गुटबन्दीलाई तिलाञ्जली दिने छ : बजरंग नेपाली

भृकटीमण्डपस्थित आइतबार सुरु भएको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले पार्टीभित्रको गुटबन्दीलाई तिलाञ्जली दिनेमा विश्वस्त रहेको बताएका हुन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Special General Convention will put an end to extreme factionalism within the Congress: Bajrang Nepali

काठमाडौँ — कांग्रेस महोत्तरीका महासमितिका सदस्य बजरंग नेपालीले विशेष महाधिवेशनले पार्टीभित्रको गुटबन्दीलाई कमजोर गर्ने बताएका छन् । 

भृकटीमण्डपस्थित आइतबार सुरु भएको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले पार्टीभित्रको गुटबन्दीलाई तिलाञ्जली दिनेमा विश्वस्त रहेको बताएका हुन् । 

उनले भने, 'आदरणीय साथीहरु हामीले स्विकार्नुपर्ने अवस्था छ । हामीले बुझ्नुपर्ने अवस्था छ । हाम्रो पार्टीभित्र अत्यन्त चरम गुटबन्दी छ । अत्यन्त द्वन्द्वको अवस्थामा छ । र, गुटबन्दीलाई संघर्ष र अविश्वासमा रहेको हुनाले यो विशेष महाधिवेशनले यहाँबाट एउटा नयाँ दिशा दिने छ । गुटबन्दीलाई कमजोर गर्ने छ । चरम गुटबन्दीलाई अस्थायी गुटबन्दीलाई तिलाञ्जली दिने छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।'

कान्तिपुर

Link copied successfully