कांग्रेस सभापति देउवालाई श्रेष्ठले भने - विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

श्रेष्ठले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोपसमेत लगाए ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Shrestha tells Congress President Deuba - The decision of the special general convention must be implemented

काठमाडौँ — नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् । 

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताएका हुन् । उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोपसमेत लगाए । 

उनले भने,‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधानअनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

कान्तिपुर

Link copied successfully