Live

कांग्रेस विशेष महाधिवेशन [LIVE]

कांग्रेसको दोस्रो विशेष महाधिवेशन लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Congress Special Convention [LIVE]

31 Updates

(07:04 PM)

६२ प्रतिशतले नाम दर्ता गराए : विशेष महाधिवेशन आयोजक

कांग्रेस महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि भेला भएको महाधिवेशन पक्षधरहरूले बताएका छन्।

उद्घाटन सत्रको अन्त्यमा कार्यक्रम उद्घोषकले ६२ प्रतिशतले नाम दर्ता गरेको जानकारी दिएका हुन् । 

62 percent registered: Special General Convention organizer
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(06:59 PM)

कांग्रेसले विगतको दिन गनेर बस्न हुँदैन : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले विगतको दिन गनेर बसेर नहुने बताएका छन्। विशेष महाधिवेशनमा बोल्दै उनले भने, ‘जसले तिम्रो बा र आमालाई अधिकार दियो, तर अब यो त्यही कांग्रेस हो जसले तिमिलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौं।’

उनले कांग्रेसको सात सालको समय सम्झँदै कांग्रेसले अध्यारोबाट उज्यालोतर्फ अघि बढाएको र २०४६ सालमा पनि परिवर्तन गरेको पनि बताए।

Congress should not dwell on the past: General Secretary Thapa

(06:37 PM)

महाधिवेशन कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले चुनाव एउटासँग मिलेर गर्ने, अर्कोसँग मिलेर सरकार बनाउने अनि सरकारबाट बाहिर बस्दा सबै सकिएजस्तो गर्ने विषयमा पार्टीका कार्यकर्ताले आफूलाई प्रश्न गरेको बताएका छन्। उनले भने, ‘हामीले हकको दाबी गरेको हो। आजदेखि कांग्रेसभित्र लामो समयदेखि जाम भएर बसेको कुरा भत्कियो । तल बस्ने सदस्यलाई माथि बस्नेले निहुरिएर सलाम ठोक्नुपर्छ।’

महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई थाहा नभएको बताउँदै उनले यो सदस्यहरूले मागेर भएको विशेष महाधिवेशन भएको बताए। उनले सदस्यहरूले नीति पनि बदल्ने र नेतृत्व पनि बदल्ने माग गरेको बताए।

I don't know where the general convention will end: General Secretary Thapa

(06:33 PM)

विशेष महाधिवेशन मूल्य र मान्यताको संघर्ष हो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको सत्ता संघर्ष नभइ मूल्य र मान्यताको संघर्ष भएको बताएका छन्। उनले भदौ २३ र २४ गते जेन–जी मात्र होइन, नेपालका धेरै नागरिकहरूले सडकमा आएर आक्रोश र असन्तुष्टी व्यक्त गरेको बताए। उनले सरकार र संसदसँग नागरिकहरू रिसाएको पनि उल्लेख गरे।

विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले व्यक्तिसँग नभएर कुशासन र भ्रष्टाचार देखेर जनता रिसाएको र नेपो बेबीको शासन देखेर पनि जनता रिसाएको बताए। उनले भने, ‘त्यसलाई बुझ्ने र सम्बोधन गर्ने कुरा हो। त्यसैका लागि विशेष महाधिवेशन गरेको हो।’

Special General Convention is a struggle of values ​​and norms: Gagan Thapa

(06:24 PM)

पार्टी फुटाउन होइन, बलियो बनाउन भेला भएका हौं : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कतिपयले विशेष महाधिवेशनबाट महामन्त्रीले पार्टी फुटाउने सोच्ने गरेको बताउँदै, पार्टी विभाजन गर्न होइन, आगामी दिनमा इस्पात जस्तो बलियो पार्टी बनाउन आफूहरू भेला भएको बताएका छन्।

उनले विशेष महाधिवेशन कुनै भीड मात्रै नभएको बताए। उनले भने, ‘विशेष महाधिवेशनले जे निर्णय लिनेछ, त्यो कांग्रेसको भविष्य हुनेछ।’

We have gathered to strengthen the party, not to divide it: General Secretary Sharma
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(06:14 PM)

दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव विशेष महाधिवेशनबाट पारित गर्छौं : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव विशेष महाधिवेशनबाट पारित गर्ने बताएका छन्।

उनले भने, लोकतन्त्र भनेको नेतृत्वलाई के लाग्छ भन्ने कुरा नभएर नागरिकलाई के लाग्छ भन्ने महत्वपूर्ण भएको छ। उनले थपे, ‘दुइ तिहाइको सरकार बन्दा पनि हामीले नागरिकको विश्वास जित्न सकेनौं।’

We will pass a resolution at the special general convention that no one can serve as Prime Minister more than twice: Bishwo Prakash Sharma
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(06:12 PM)

हामी बदलिन पनि सक्छौं, बदल्न पनि सक्छौं : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक अनुकूलतालाई चिर्ने क्षमता नेतृत्वले राख्नुपर्ने र त्यो क्षमता कांग्रेस नेतृत्वमा नभएको बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक नेतृत्वले देशमा के भइरहेको छ भनेर पहिल्यै थाहा पाउनुपर्ने बताए।

उनले राजनीतिक मौसम खराब हुँदै गएको सूचना महामन्त्रीले बारम्बार दिएको भए पनि नेतृत्वले नचिनेको बताए। उनले बदलिएको मौसमलाई बुझेर र चुनौतीलाई चिरेर अघि बढ्नुपर्ने संकल्प राख्नुपर्ने बताए। शर्माले आफूहरू जहाँ चुकेका छौं, त्यहीबाट आत्मआलोचना गर्दै आफूलाई सच्याउनुपर्ने बताए। उनले जिम्मेवार दलले आफूले गरेका राम्रा कर्मको जसले पनि लिने र नराम्रा कर्मको अपजस पनि बोक्नुपर्ने बताए। उनले भने, ‘हामी कांग्रेस बदल्नेछौं। यो देश पनि बदल्नेछौं। हामी बदलिन पनि सक्छौं, बदल्न पनि सक्छौं।’

उनले केही घर जलेको, सिंहदरबार जलेको भन्ने प्रश्न महत्वपूर्ण नभइ देशमा विश्वास जलेको कुरा महत्वपूर्ण भएको बताए। उनले थपे, ‘मनहरूलाई जोड्ने संकल्पमा हामी विशेष महाधिवेशनमा उभिएका छौं।’

We can change, we can change: Bishwaprakash Sharma
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(06:00 PM)

महाधिवेशनले देशभरका कांग्रेस कार्यकर्ताको शीर ठाडो भएको छ : फरमुल्लाह मन्सुर

नेपाली कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनले देशभरिका कांग्रेस कार्यकर्ताको शीर ठाडो भएको बताएका छन्।

उनले नेतृत्वलाई सच्चिनका लागि महामन्त्रीद्वय दरिलो किसिमले अगाडि बढेको बताउँदै आफू त्यसबाट प्रभावित भएर साथमा उभिएको बताए।

The general convention has lifted the spirits of Congress workers across the country: Farmullah Mansur

(05:53 PM)

विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेदेखि हुने

भृकुटीमण्डपमा जारी कांग्रेस महाधिवेशनको उद्घाटन सत्र अन्तिमतिर पुगेको छ। 

महाधिवेशन आयोजकले सोमबार बिहान ८ बजेदेखि कांग्रेसको बन्द सत्र हुने जानकारी दिएका छन्।

The closed session of the special general convention will begin at 8 am on Monday.

(05:50 PM)

शेरबहादुर र उनका साथीहरु हिजोको कांग्रेस भइसके : महेश आचार्य

कांग्रेस नेता महेश आचार्यले महामन्त्रीद्वयलाई शुभकामना दिँदै शेरबहादुर र उनका साथीहरु हिजोको कांग्रेस भइसकेको बताएका छन्। उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भोलीको कांग्रेस भएको बताए।

आचार्यले जेन–जी आन्दोलनले लतपतिएको रगतको अभिभारा पूरा गर्नुपर्ने पनि बताएका छन्। उनले भोलिबाट कांग्रेस विगतको जस्तो नरहने बताउँदै पार्टीका पदाधिकारीले बहुमत प्रतिनिधिको भावना लत्याउने प्रयास नगर्नुपर्ने बताए। उनले बहुमत जहाँ हुन्छ, त्यही पार्टी हुने बताए । उनले भने, ‘घाइते भएको देशलाई सुमसुम्याएर उठाउनका लागि सबै दललाई एकताको सूत्रमा उभ्याउनुपर्छ। धर्म र जातको आधारमा विभाजित हुन दिनुहुँदैन।’

Sher Bahadur and his friends are yesterday's Congress: Mahesh Acharya

(05:46 PM)

कांग्रेसमा ‘नयाँपन’ र ‘रूपान्तरण’ अपरिहार्य: अर्जुननरसिंह केसी

कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई व्यक्तिवादी चरित्रबाट मुक्त गरी संस्थागत पद्धतिमा लैजानुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता केसीले कांग्रेसमा ‘नयाँपन’ र ‘रूपान्तरण’ अपरिहार्य रहेको बताए।

उनले भने, ‘यो पार्टीलाई नेताको पार्टी होइन, नीतिको पार्टी बनाउन आवश्यक छ। व्यक्तिको होइन, संस्थाको पार्टी बनाउनका निम्ति यो (प्रतिनिधिहरूको उपस्थिति) अत्यन्त ठूलो शक्ति हो। यही शक्तिले कांग्रेसलाई नयाँपन दिन्छ भन्नेमा म विश्वस्त छु।’

'Newness' and 'transformation' are inevitable in Congress: Arjun Narsingh KC

(05:31 PM)

विशेष महाधिवेशनमा दर्ता हुने प्रतिनिधि २ हजार ३५ पुगे

भृकुटीमण्डपमा जारी कांग्रेस महाधिवेशनमा दर्ता भएका महाधिवेशन प्रतिनिधिको संख्या ५ बजेसम्म २ हजार ३५ पुगेको छ।

प्रचार–प्रसार उपसमिति सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले दर्ता प्रक्रिया अझै जारी रहेको बताएका छन्।

The number of delegates registered for the special general convention has reached 2,350.

(05:24 PM)

कांग्रेस अब गुट र कृपाबाट अलग हुनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले विशेष महाधिवेशनलाई ‘कुरुक्षेत्र’ को संज्ञा दिँदै यसले राजनीतिक न्यायको सन्देश दिनुपर्ने बताइन्। उनले भनिन्, ‘हामी चाहन्छौं, यो विशेष महाधिवेशनको कुरुक्षेत्रबाट भोलि केन्द्रीय नेता र देशभरका महाधिवेशन प्रतिनिधिहरूले राजनीतिक न्यायको सन्देश दिऊन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको अधिकारका लागि अब यो आन्दोलन निर्णायक हुनुपर्छ।’

उनले पार्टीभित्रको आन्तरिक बेथितिलाई लक्षित गर्दै भनिन्, ‘कांग्रेस अब गुट र कृपाबाट अलग हुनुपर्छ। हामी गुट चिन्दैनौं, हामी कृपा मान्दैनौं। हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौं।’ 

Congress should now separate itself from factions and favoritism: Pushpa Bhusal

(05:23 PM)

कांग्रेस शीर्ष नेतालाई महाधिवेशनमा आउन नेता शिवाकोटीको आग्रह

संविधानसभा सदस्य तथा कांग्रेस झापाका पूर्व सभापति सुधिर शिवाकोटीले पार्टीको विशेष महाधिवेशनमा आउन शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा विशेष महाधिवेशनमा मन्तव्य राख्दै उनले भने, ‘तपाईंहरूको आँखा खुलोस् । भोलि तपाईंहरूको हातमा केही रहनेछैन । तपाईंहरू खाली हात फर्कनुपर्नेछ । यो कुरा मनन गरेर तपाईंहरू उपस्थित भइदिनुस् ।’ कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिने शिवाकोटीले उनको अभियानलाई साथ दिन आह्वान गरे । ‘तपाईंको घर त्यो हैन यो हो । तपाईं यो घरमा फर्कनुस् अझै पनि समय बितिसकेको छैन । यो अभियानको तपाईं संरक्षण गरिदिनुस्,’ उनले मञ्चबाटै आग्रह गरे ।

Leader Shiwakoti urges top Congress leaders to attend general convention

(04:50 PM)

पार्टी सभापतीले घेरा तोडेर कांग्रेस जोगाउनुस् : चन्द्र भण्डारी

कांग्रेस नेता चन्द्र भण्डारीले समाजमा आफूहरूले आशा जगाउन नसकेको र मुलुक बनाउने विश्वास दिलाउन नसकेको बताउँदै जेन–जी विद्रोहको पृष्ठभूमि त्यसैले बनेको बताएका छन्। 

विशेष महाधिवेशनमा बोल्दै भण्डारीले आज नेतृत्वको मनस्थिती खलबलिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले उनीहरूलाई सचेत गराउँदै एउटै रुखमा अगाडि बढ्नुपर्ने बताए। उनले कांग्रेस नेता कृष्णप्रसाद भट्टराइलाइ सम्झँदै भने, ‘गिरिजाप्रसाद र किसुनजीको विवादको बेला गिरिजाले बोलाएको भेलामा किसुनजी आएर साथीहरू जय नेपाल भन्दै हामीबीच कुनै विमति छैन भनेर समाधान गर्नुभयो। किसुनजीका चेला शेरबहादुर देउवालाई त्यही समय सम्झाउन चाहन्छु।’

Party Chairman should break the siege and save the Congress: Chandra Bhandari

(04:37 PM)

जेन–जी आन्दोलनले ३५ वर्षमा नेता र नेतृत्वले बाटो बिराएकोबारे सचेत गराएको छ : विनोद चौधरी

कांग्रेस नेता एवं उद्योगपति विनोद चौधरीले जेन–जी आन्दोलनले ३५ वर्षमा नेता र नेतृत्वले बाटो बिराएकोबारे सचेत गराएको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बोल्दै उनले कांग्रेस महामन्त्रीद्वयले महत्वपूर्ण काम गरेको बताए।

उनले कांग्रेसले नयाँ पुस्तालाई निर्वाचनमा अघि सार्नुपर्ने उल्लेख गरे। चौधरीले नयाँ पुस्तालाई राजनीतिमा भित्र्याउनुपर्ने बताउँदै महामन्त्रीद्वयले पार्टीलाई नयाँ गति र दिशा दिनुपर्ने बताए।

The Gen-G movement has raised awareness about the way leaders and leadership have gone astray in the past 35 years: Binod Chaudhary

(04:31 PM)

इतिहासमा तपाईंहरू चुक्नुभयो : सीता सापकोटा

नेपाली जनसम्पर्क मञ्चकी पूर्वसभापति सीता सापकोटाले नेतृत्वप्रति लक्षित गर्दै उनीहरू इतिहासबाट चुकेको बताएकी छन्।

विशेष महाधिवेशनका लागि बेल्जियमबाट आएकी सापकोटाले भनिन्,‘तपाईंहरूले पछिल्लो समय लिएका निर्णय, तपाईंहरूले गरेको गुटबन्दी, तपाईंहरूले गरेको घेराबन्दी, तपाईंहरूले बनाएको किचन क्याबिनेट, तपाईंहरूले बनाएको नेपाली कांग्रेस र त्यही पुस्तान्तरणलाई हस्तान्तरण गर्न नसक्दा बनेको यो जरजर अवस्थाबाट हामीहरू जुरुक्क उठेर यहाँ आएका हौं।’

You have failed in history: Sita Sapkota

(04:27 PM)

विशेष महाधिवेशनबाट नीति र नेतृत्वको स्पष्ट खाका कोर्नुपर्छ : अमरसिंह पुन

ग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई नयाँ गति दिन विशेष महाधिवेशनको सान्दर्भिकतामाथि जोड दिएका छन् । सभापति पुनले भोलि हुने बन्द सत्रमा सबै पक्षको उपस्थिति रहने विश्वास व्यक्त गर्दै आगामी कार्यदिशाबारे स्पष्ट छलफल हुनुपर्ने बताए । 'भोलि बन्द सत्रमा सबै आएर नेपाली कांग्रेसको विशेष महाधिवेशनले कुन-कुन विधिअनुसार छलफल गर्ने, कुन-कुन नीति पास गर्ने र कस्तो कार्यक्रम बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ,' उनले भने ।

A clear blueprint for policy and leadership should be drawn from the special general convention: Amar Singh Pun

(04:24 PM)

देउवालाई सुनिल शर्माको प्रश्न–‘कार्यकर्ताका यी मासुम अनुहारले तपाईंलाई गिज्याइरहेको छैन ?’

नेपाली कांग्रेसका नेता एवं सांसद सुनिल शर्माले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवालाई कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाएका हुन् । 'यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केगाडदेखि सोलुखुम्बुको गाउँबाट आएका प्रतिनिधिहरूको यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ?' शर्माले प्रश्न गरे 

Sunil Sharma's question to Deuba - 'Aren't these innocent faces of activists annoying you?'

(04:23 PM)

पार्टी नेतृत्वले हठ गरेर बस्न मिल्दैन : गोपालमान श्रेष्ठ

कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनका निर्णय कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उनले यस्तो बताएका हुन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताए। उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको आरोपसमेत लगाए । उनले भने, ‘यहाँ कसैले हठ गरिराख्नु हुँदैन। विधि र विधानअनुसार अगाडि बढ्न दिनुपर्छ।’

Party leadership cannot remain stubborn: Gopalman Shrestha

(04:20 PM)

कोमामा रहेको कांग्रेस ब्युँताउनेलाई सम्मान गर्नुपर्छ : चतुरबहादुर चन्द

नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीका समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन्। चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति अवलम्बन गर्ने र समयअनुसार चल्न सक्ने नेतृत्व चयन गरिनुपर्ने बताए।

उनले भने, ‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो। कोमामा रहेको नेपाली कांग्रेसलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो, सबैलाई सम्मान गर्दछु।’

Those who revived the comatose Congress should be respected: Chatur Bahadur Chand

(04:17 PM)

कांग्रेसभित्र झगडा होइन, रूपान्तरणको प्रयास भइरहेको छ : देवराज चालिसे

कांग्रेस नेता देवराज चालिसेले पार्टीभित्र देखिएको वर्तमान बहस र विवादलाई ‘झगडा’ नभई ‘रूपान्तरणको प्रस्थानविन्दु’ भएको टिप्पणी गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता चालिसेले बाहिरबाट हेर्दा कांग्रेसभित्र कलह देखिए पनि त्यो वास्तवमा पार्टीलाई सुदृढ बनाउने प्रयास भएको दाबी गरे ।

There is no conflict within the Congress, but an effort for transformation is underway: Devraj Chalise

(04:15 PM)

नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १८ सय ३० पुग्यो

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १ हजार ८ सय ३० पुगेको छ । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।

The number of registered representatives has reached 1,830.

(03:57 PM)

एउटा फराकिलो गर्विलो कांग्रेस बनाउने जिम्मेवारी गगन र विश्वप्रकाशको काँधमा : लामा

एउटा फराकिलो गर्विलो कांग्रेस बनाउने जिम्मेवारी गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको छ ।

- कांग्रेस काभ्रेका सभापति तीर्थ लामा 

The responsibility of building a broad and proud Congress lies with Gagan and Bishwaprakash: Lama

(03:54 PM)

रुखमा चढेर कांग्रेसको विशेष महाधिवेशनमा नेताको भाषण सुन्दै कार्यकर्ता

तस्बिर : विवेक पोख्रेल/कान्तिपुर

Activists climb a tree and listen to a leader's speech at the special congress of the Nepali Congress.

(03:29 PM)

१ हजार ३ सय २७ प्रतिनिधिले गराए नाम दर्ता

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दिउँसोमस्म १ हजार ३ सय २७ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । 

1,327 delegates registered their names.

(02:40 PM)

पथ्थर फ्याक्नेहरूलाई फुलले जवाफ दिन्छौं : गुरुराज घिमिरे

कांग्रेस नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनमा आउन नचानेहरूलाई लक्षित गर्दै भने, आफूहरूमाथि पथ्थर फ्याक्नेहरूलाई उनीहरूले फुलले जवाफ दिनेछन्। उनले विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको अलावा सबै केन्द्रीय सदस्यहरूलाई आउन आग्रह गरे।

घिमिरेले नेपाली कांग्रेसलाई दिशा दिन र नीति तर्जुमा गर्न विशेष महाधिवेशन बोलाइएको पनि बताए।

We will respond to those who throw stones with flowers: Gururaj Ghimire

(02:39 PM)

कांग्रेसलाई यथास्थितिमा राख्न सकिँदैन

कांग्रेस नेता गुरुराज घिमिरेले आजको परिस्थितिमा कांग्रेसलाई यथास्थितिमा राख्न नसकिने बताएका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उनले यस्तो बताएका हुन्।

घिमिरेले आफूंसँग नराम्रो बोल्ने शब्दको भण्डार नभएको भन्दै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा आउन आग्रह गरे। उनले भने, ‘विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस।’ उनले सबैलाई आफूहरूलाई स्वागत गर्न तयार रहेको पनि बताए।

Congress cannot be kept in the status quo.

(02:17 PM)

महामन्त्रीद्वयले गरे विशेष महाधिवेशनको उद्घाटन

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।

उनीहरूले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्।

The two general secretaries inaugurated the special general convention.

(02:01 PM)

कुर्सीविहीन मञ्च

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा यसपटक फरक दृश्य देखिएको छ।

मर्यादाक्रमअनुसार फरक–फरक आसन राख्ने परम्परा बदल्दै मञ्चमा नेताहरू लहरै बसेका छन्।

सम्बन्धित अन्य समाचार 

कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गर्ने

Chairless stage

(01:50 PM)

विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गर्ने

कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन् । उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन बिहानदेखि विशेष महाधिवेशन पक्षधरले कसरत गरेका थिए । 'अन्तिम समयसम्म पनि प्रयास गर्‍यौं तर उहाँहरु नआउने भएपछि महामन्त्रीद्वयले उद्घाटन गर्नुहुनेछ,' एक नेताले भने ।

The special general convention will be inaugurated by the general secretaries.

कान्तिपुर संवाददाता

Link copied successfully