रास्वपासँगको एकता भंग, कुलमान बने उनेपाको अध्यक्ष

ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति लामिछानेबीच छलफल भए पनि त्यसमा सहमति जुटेको थिएन ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Unity with Rashtriya Swayamsevak Sangh breaks, Kulman becomes UNEP chairman

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ ।

निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो ।

रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो । 

घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपाको भनाइ छ ।

ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो ।

उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । साँझ ६ बजे केन्द्रीय कार्यालयमा हुने प्रेसमिटमा घिसिङले अध्यक्षका हैसियतमा आफ्ना कुरा राख्ने उनेपा केन्द्रीय सदस्य किरण विकले बताए ।

कान्तिपुर

Link copied successfully