कांग्रेसले बोलाएको पत्रकार सम्मेलन स्थगित

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Press conference called by Congress postponed

काठमाडौँ — कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन अचानक स्थगित गरिएको छ । 

दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाएको सन्दर्भमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन बोलाएका थिए । 

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

हिजै मात्रै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो ।

साथै नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको निर्णय गरेको थियो । 

कान्तिपुर

Link copied successfully