यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका मिलन पाण्डे उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।
काठमाडौँ — विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वको परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने भएका छन् ।
यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।
शिक्षा, उद्यम, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने मुद्दामा निरन्तर काम गर्दै आइरहेका छन् ।
क्षेत्र न. ९ मै जन्मेका र हुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रमा सक्रिय छन् । पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनी निकट एक नेताले बताए ।
