गिरिराज केसी नेतृत्वको ‘स्वतन्त्र वाम समूह’ नेकपामा समाहित

दाङका पुराना वामपन्थी नेता केसीले गत जेठमा एमाले छाडेका थिए

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Giriraj KC-led 'Independent Left Group' merges with NCP

काठमाडौँ — गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेकपामा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेकपा प्रवेश गरेका हुन् । 

केसीसहितका नेताहरूलाई नेकपा संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल तथा नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए । 

समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत छन् । दाङका पुराना वामपन्थी नेता केसीले गत जेठमा एमाले छाडेका थिए ।

Giriraj KC-led 'Independent Left Group' merges with NCP२०५१ मा दाङ क्षेत्र नम्बर ४ र २०५६ मा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका दागि उम्मेदवार बने पनि उनले जित भने हात पार्न सकेनन् । त्यस्तै गत प्रदेशसभा चुनावमा दाङ २(२) बाट एमालेबाट उम्मेदवार बनेका उनले पुन: एकपल्ट पराजय भोगेका थिए ।

स्तन्त्र वाम समूहमार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने नेकपा संयोजक दाहालको सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully