कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले के भने ? 

महामन्त्रीहरुले औपचारिक रुपमा बिहीबार संयुक्त वक्तव्यमार्फत विशेष महाधिवशेनको आह्वान गरेपछि सभापति देउवाको निर्देशनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकिएको हो ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

What did General Secretary Thapa say at the Congress Central Working Committee meeting?

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा बोलाइएको विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन प्रस्ताव गरेका छन् । 

महामन्त्रीहरुले औपचारिक रुपमा बिहीबार संयुक्त वक्तव्यमार्फत विशेष महाधिवशेनको आह्वान गरेपछि सभापति देउवाको निर्देशनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकिएको हो । 

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयलाई विशेष महाविधेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएकाले निर्णय फिर्ता लिन आग्रह गरेका थिए । तर, महामन्त्रीहरुले विशेष महाधिवेशन विधानसम्मत भएकाले सिंगो पार्टीले स्वामित्व लिएर अघि बढ्न पार्टीका लागि हित हुने बताएका थिए । 

‘कार्यवाहक सभापतिलाई तपाईंमार्फत सभापतिलाई यो सन्देश पुर्‍याइदिनुहोस् कि २७ र २८ गते विधानसम्मत विशेष महाधिवेशनको आयोजना भएको हो । अधिवेशनमा सहभागी हुनुपर्छ । सहभागी हुने कुराले सभापतिको मान बढ्छ । विशेष महाधिवेशनलाई सहज रुपमा अघि बढाउन मद्दत पुर्‍याउँछ,’ थापाले भने,‘यहाँबाट अधिवेशनमा आउन लागेका साथीहरुलाई हस्ताक्षर फिर्ता लिउ भनेर निर्णय गर्नुभन्दा यो अधिवेशन हाम्रो हो । केन्द्रीय कार्यसमितिले निर्णय गरेर स्वामित्व लिन्छ भन्ने कुरा नै आजका लागि विधानसम्मत र उपयुक्त निकास, यसबाट नै निकास निस्कन्छ ।’

कान्तिपुर

Link copied successfully