घिसिङले सम्हालेका मन्त्रालयहरुको जिम्मेवारी मन्त्री सिन्हा, चौलागाईं र इङ्‍नामलाई

प्रधानमन्त्रीको सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले अनुमोदन पनि गरेका छन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Ministers Sinha, Chaulagain and Ingnam have been given responsibility for the ministries held by Ghising.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्‍‍का अन्य सदस्यलाई सुम्पेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले अनुमोदन पनि गरेका छन् । 

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यभार समेत उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री अनिलकुमार सिन्हाले सम्हाल्ने छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले र सहरी विकास मन्त्रालयको कार्यभारसमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्‍नामले सम्हाल्ने छन् । 

प्रधानमन्त्रीले उनीहरुलाई जिम्मेवारी तोकेको राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully