महामन्त्री थापाले भने- 'विशेष महाधिवेशन गरौं, नेता र नीति फेरौं'

'विधान कार्यान्वयन गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हावा किन पिटिराखिएको छ यो ? पार्टीको विभाजन कसले चाहेको हो ?'

पुस २४, २०८२

कान्तिपुर संवाददाता

General Secretary Thapa said - 'Let's hold a special general convention, change leaders and policies'

What you should know

काठमाडौँ — मुलुकमा संवेदनशील अवस्था आएकाले विशेष महाधिवेशन बोलाउनुपरेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले विशेष महाधिवेशन रोक्नुपर्ने भनी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानको विपरीत प्रस्ताव ल्याएको पनि बताए ।  

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि थापाले महाधिवेशन प्रतिनिधिले माग गरेबमोजिम विशेष महाधिवेशन आवश्यक रहेको बताए । 'अवस्था संवेदनशील भएकोले विशेष महाधिवेशनमा आएको हो । भदौ २३ गते अगाडि कसले विशेष महाधिवेशन मागेको थियो र हामी सबै नियमित महाधिवेशन छ । अझ त्यसमाथि पनि एक वर्ष म्याद थपिछ भन्ने कुरा सबैलाई थाहा थियो,' थापाले भने, 'हामीले २०८३ सालमा महाधिवेशन हुन्छ भनेकै थियौ । यो कुरा कहाँ निर आएर जोडियो भने म फेरी दोहोर्याउछु, हामी भदौ २३ र २४ गते नेपालमा नवयुवाहरूले एउटा ठुलो विद्रोह गरे । नागरिकहरुले ठुलो असन्तुष्टि पोखे ।'

थापाले जेन-जी युवाहरूले उठाएको आवाजलाई कांग्रेसले पनि सुन्नुपर्ने बताए । महाधिवेशन माग गर्नेहरूले भदौ २३ र २४ को परिवर्तन किन भयो ? कसरी भयो? हाम्रो भूमिका के रह्यो ? कहाँ सहि कहाँ गलत ? यो सबैको विश्लेषण गरौ । नीति पनि फेरौं, नेता पनि फेरौ त्यसका निम्ति अधिवेशन गरौ ।'

मंसिरभित्र नियमित महाधिवेशन माग गर्दा सम्भव नभएपछि विशेष महाधिवेशनको अवस्था आएको थापाको भनाइ थियो । कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको प्रस्ताव नल्याएको थापाको भनाइ थियो । खड्काको प्रस्तावको मुख्य विषय विशेष महाधिवेशन आवश्यक नभएको रहेको र त्यसमा आफू सहमत नरहेको थापाले बताए । 'यो सरासर विधानको खिलाफ छ । मैले बैठकमा पनि यो कुरा राखेको छु । मैले गोदावरीको महासमितिको बैठकमै २०८२ सालमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थिए । त्यो बेलामा के भनियो भने यो केन्द्रिय कार्यसमितिको अधिकार हो पछि गरौ । केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका व्यवस्थित ढंगले चलाउने हो भने त नयाF केन्द्रीय कार्य समिति आउन साथै बनाए हुन्छ । हामी चार वर्षपछि यसोयसो गर्छौ भनेर बनाए हुन्छ । त्यो त कार्यतालिका मात्रै हो नि कार्यतालिका आयो । त्यसकारणले गर्दा खेरि यो विधान सबैले बोलाउनु पर्दैन भनेर भन्ने कुरा ठाडै विधानको अपव्याख्या हो,' थापाले भने । 

कार्यवाहक सभापतिले विधानको व्यवस्था उल्लेख नगरी विशेष महाधिवेशनको विरुद्धमा प्रस्ताव ल्याएको पनि थापाको भनाइ थियो । 'कुनै धारा कोड गर्न सकिन्छ कि भनेर बडो मेहेनत गरेको पाए मैले । के भन्यो भने चाहिँ भन्न सकिन्छ भनेर यहाँ यो लामो छलफल भएको पाए । तर केहि पनि भन्न सकिएन । पार्टीको विधान अनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन मात्र भनियो । यो विधान सम्मत छँदै छैन । विधानको अपव्याख्या हो यो,' थापाले भने, 'सभापति लगायत सबै साथीहरूलाई भनेको छु । केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गर्यो भने महाधिवेशन प्रतिनिधिहरूले तिमीहरुसँग पनि यो हक छ है भनेर हक स्थापित गरेको हो । यो सबै ठाउँमा हुन्छ । यो एउटा बैंकमा पनि हुन्छ । सहकारीमा पनि हुन्छ । जहाँ मेम्बरसिप हुन्छ त्यहाँ हुन्छ यो । वार्षिक सभा बोलाउनु पर्छ तर बोलाएन भने यति प्रतिशतले बोलाउन पाइन्छ भन्या हुन्छ ।'

विशेष महाधिवेशनको माग नीति र नेता फेर्ने रहेको थापाले स्पष्ट पारे । 'छिटो-छिटो गर्न सकिन्छ भने मंसिरभित्रमा नियमित गरौं । तपाई त्यो हाम्रो जिम्मा थियो नि त हैन नियमित अधिवेशन त । फेरी कसैले माया गर्दा पाइँदैन । तर तपाईहरु छिटो-छिटो मंसिरमा गर्न सक्नुहुन्न भने पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरौं, नेता फेरौ, नीति फेरौ राष्ट्रिय संकल्प गरौं यही भनेको त हो नि,' उनले भने ।

विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भन्ने कुरामा सत्यतता नरहेको पनि महामन्त्री थापाले बताए । 'विधानको कार्यान्वयन गर्दाखेरि पार्टीलाई विभाजन तर्फ लैजान्छ भन्ने कुराको हावा किन पिटी राखिएको छ यो ? पार्टीको विभाजन कसले चाहेको हो यो ? किन लगातार पार्टीको महाधिवेशन प्रतिनिधिहरू जो विशेष महाधिवेशनमा सहभागी हुन आउँदै हुनुहुन्छ उहाँ पार्टीको महाधिवेशन प्रतिनिधि हो । विधानको आफ्नो हक प्रयोग गरेर महाधिवेशन मागिराख्नु भएको छ । उनलाई के भनिएको छ भने विधानको यो धारा प्रयोग गरियो भने विभाजन तर्फ जान्छ,' थापाले भने, 'विधानको यो धाराको प्रयोग गरिएन वा कार्यान्वयन गरिएन यत्रो देश भरिका साथीहरुले भनेको कुरालाई एकपटक सुन्ने प्रयास गरिएन । उनले जे भन्यो त्यो हुनुपर्छ भन्ने छैन । उहाँहरुले जे भन्नुभयो त्यो हुन्छ भन्ने पनि छैन नहुन सक्ला नि त । तर एकपटक सुन्ने प्रयास पनि भएन एक पटक संवाद गर्ने प्रयास पनि गरेन भने पो बरु पार्टी टुट्ला । पार्टी टुट्ने भनेको चाहिँ केवल औपचारिक रुपमा पार्टी टुट्ने पार्टीको कार्यकर्ताहरुको विश्वास टुट्ने कुरा हो नि त ।'

थापाले आगामी निर्वाचनमा जानु पहिला विशेष अधिवेशन गर्नैपर्ने बताए । 'हामी निर्वाचनमा जानु भन्दा पहिला अधिवेशन गर्नै पर्छ । पार्टीको नेता र नीति बदलिनु पर्छ भन्ने आवाज उठाएर आएको साथीहरूलाई हामी जुन निर्णयमा पुगे पनि उनीसँग बसेर कुरा गरेर, संवाद गरेर, त्यो कुरा सुनेर एक ठाउँ आयो भने पो पार्टी एक ठाउँ रहन्छ,' थापाले भने । 

कान्तिपुर

Link copied successfully