एमाले राष्ट्रिय सभा उम्मेदवार पोर्तेलले समानुपातिक सूचीबाट हटाउन दिए आयोगमा निवेदन

दलित क्लस्टरबाट पुरुष पाँच नम्बरमा रहेका उनलाई बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको छ ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

UML National Assembly candidate Portal petitions the Commission to remove him from the proportional list

काठमाडौँ — एमालेले समानुपातिक बन्दसूचीमा रहेका सोम पोर्तेलको नाम फिर्ता लिएर कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ । दलित क्लस्टरबाट पुरुष पाँच नम्बरमा रहेका उनलाई बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको छ ।

पोर्तेलले समानुपातिक सूचीबाट हटाइदिन निवेदन दिइसकेका छन् ।

एमाले निर्वाचन आयोग प्रमुख निरज आचार्यले पोर्तेलले आयोगमा बन्दसूचीबाट नाम हटाइदिन निवेदन दिइसकेको बताए ।  ‘सोम पोर्तेलले समानुपातिक सूचीबाट हटाइदिन आयोगमा निवेदन दिइसक्नु भएको छ । उहाँको स्थानमा अर्को नाम पठाइने छ,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully