विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै

पत्रकार सम्मेलन सकिएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गर्नेछन्।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Special General Convention supporters hold press conference

काठमाडौँ — नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आज दिउँसो अनामनगरमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रचार समितिका सह-संयोजक बलराम अधिकारीले बताए। उनले अहिलेसम्म विशेष महाधिवेशनका लागि भइरहेको प्रगतिबारे जानकारी दिने पनि बताए।

पत्रकार सम्मेलन सकिएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गर्नेछन्। केन्द्रीय कार्यसमितिले संस्थागत रूपमा बोलाएनन्, त्यसैले महामन्त्रीको हैसियतमा थापा र शर्माले संयुक्त रूपमा विशेष महाधिवेशनको आह्वान गर्न लागेका हुन्।

कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउने मागलाई लिएर संस्थापनपक्ष र महामन्त्रीहरूबीचको द्वन्द्व उत्कर्षमा छ । सहमतिकालागि मध्यमार्ग खोज्न अनौपचारिक प्रयास भइरहेका बेला संस्थापनपक्षले निर्णय नै गराएर प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन दबाब बढाएको छ । यतामहामन्त्री पक्षधर नेताहरूले ५४ प्रतिशतको संख्या कायम राख्न विशेष प्रचारअभियान थालेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसमा विशेष महाधिवेशनमा बहुमत पुर्‍याउने र पुग्न नदिने द्वन्द्व

कान्तिपुर संवाददाता

Link copied successfully