रास्वपाको समानुपातिक सूचीबाट रामजी रामले नाम फिर्ता लिने

दलित समुदायको आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर आफूले यस्तो निर्णय लिएको उनले बताएका छन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Ramji Ram withdraws name from RSP's proportional list

काठमाडौँ — रास्वपाका समानुपातिक उम्मेदवार डा. रामजी रामले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै अभियन्तासमेत रहेका डा. रामले स्वेच्छाले नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।

दलित समुदायको आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर आफूले यस्तो निर्णय लिएको उनले बताएका छन् ।

'दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,' उनले लेखेका छन्, 'म फरक भूमिकामा रहेर पनि दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहनेछु ।'

डा. राम रास्वपाको समानुपातिकतर्फ दलित कलस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए । रामजीसँगै बन्दसूचिमा नाम फिर्ता लिनेमा ८ जना पुगेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully