कांग्रेस-एमालेसँग कुरा नमिलेपछि राष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाउँदै नेकपा

नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको नेकपा संयोजक पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

NCP to field its own candidate in National Assembly after failing to reach agreement with Congress-UML

काठमाडौँ — ने‍कपाले कांग्रेस-एमालेले राष्ट्रिय सभामा मात्र गठबन्धन गरेको भन्दै आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ। मंगलबार कांग्रेस-एमाले र नेकपाबीच छलफल हुँदा गठबन्धन गर्ने विषयमा सहमति नजिक पुगेको थियो। 

तर नेकपाले चार सिटको दाबी गरेपछि कांग्रेस एमालेले तीन सिट मात्र दिन सकिने बताएका थिए।

त्यसमा असन्तुष्ट हुँदै नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको नेकपा संयोजक पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए । उनले भने ' काङ्ग्रेस एमालेले एक्लै गठबन्धन गर्न खोजेका छन्। त्यसैले हामीले सबै उम्मेदवार उठाउने तयारी गरेका छौं।'

कान्तिपुर

Link copied successfully