खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरियो : गगन थापा

थापाले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्नेसम्बन्धि निर्णयको औचित्यको बारेमा समेत प्रश्न उठाएका छन्।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

National Assembly candidate distribution was done to create pocket money: Gagan Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाएका छन्।

बुधवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाए। उनले दुई पार्टीका शीर्ष नेताका नितान्त व्यक्तिगत सम्बन्ध भएका मान्छेलाई बनाउने गरी क्लस्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताए। थापाले एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लस्टर लिएको र काँग्रेसले भने पार्टीको नभई नेताको खल्तीको मान्छेलाई बनाउनका लागि क्लस्टर लिएको आरोप लगाए।

राष्ट्रिय सभाका लागि काँग्रेसबाट प्रस्तावित ९ उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहको समितिबाट सिफारिस नभएको भन्दै उनले यसले संसदीय बोर्ड र केन्द्रीय समिति मात्र नभई जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस गर्ने प्रक्रियाको समेत अपमान भएको बताए।

थापाले उम्मेदवार चयन प्रक्रियामा समावेशिताको मर्मलाई समेत ख्याल नगरेको र प्रस्तावित ९ मध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको बताए। उहाँको गुनासो छ। उहाँले मुस्लिम समुदायका योग्य व्यक्ति उम्मेदवार बनाउने अवसर आएको बेला जानीजानी बाहिर राखिएको आरोप लगाउनु भयो। थापाले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्नेसम्बन्धि निर्णयको औचित्यको बारेमा समेत प्रश्न उठाएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully