राष्ट्रिय सभा गठबन्धनबाट नेकपा बाहिरियो, कांग्रेस, एमाले र मधेशी दलबीच सहमति

नेकपाभित्रको आन्तरिक समीकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।

पुस २३, २०८२

कुलचन्द्र न्यौपाने

NCP leaves National Assembly alliance, agreement reached between Congress, UML and Madhesi parties

What you should know

काठमाडौँ — राष्ट्रिय सभामा माओवादीसँग सिट संख्यामा सहमति जुट्न नसकेपछि एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ समिकरण बनेको छ ।

मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपा/जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो । तर माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।

त्यसपछि बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपा/लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ । 

यसैबीच, आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारसमेत टुंगो लगाएको छ । 

कहाँबाट को सिफारिसमा परे : 

  • लुम्बिनी प्रदेशबाट चन्द्र केसी र बासुदेव जंगली

  • कर्णाली प्रदेशबाट ललितजंग शाही

  • सुदूरपश्चिम प्रदेशबाट खम्बबहादुर खाती

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

    आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    कुलचन्द्र न्यौपाने

    Link copied successfully