प्रतिनिधिसभा निर्वाचन : रुकुम पश्चिममा प्रलोपाबाट शर्मा एकल सिफारिस 

जिल्ला सदरमुकाम मुसिकोटमा बुधबार बसेको पार्टीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफरिस गरेको हो ।

पुस २३, २०८२

महेश केसी

House of Representatives election: Sharma single-handedly recommended by Pralopa in Rukum West

रुकुम पश्चिम — आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुकुम पश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

जिल्ला सदरमुकाम मुसिकोटमा बुधबार बसेको पार्टीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफरिस गरेको हो । रुकुम पश्चिमबाट शर्मालाई पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको जानकारी दिँदै प्रलोपा रुकुम पश्चिमका नेता दलबहादुर खड्काले पार्टी अब चुनावी गतिविधीमा केन्द्रित हुने बताए । प्रतिनिधिसभा चुनाव फागुन २१ मा हुँदैछ ।

शर्माले २०६४ पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँग विभिन्न दल एकतामा आएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि शर्मा छुट्टै दल प्रलोपा गठन गरेर संरक्षक बनेका छन् । 

नेकपाले भने रुकुम पश्चिमबाट साविक माओवादी धारका नेता तथा जनार्दनकै पूर्वसहकर्मी गोपाल शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ । 

कांग्रेस, एमालेलगायतका दलले पनि उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । कांग्रेसले गोपालजिजंग शाह र जिल्ला सभापतिसमेत रहेका प्रेमप्रकाश ओली, एमालेले जिल्ला अध्यक्षसमेत रहेका नन्दराम देवकोटा र माओवादीले चन्द्रबहादुर बुढालाई उम्मेदवार सिफारिस गरेका छन् । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully