रास्वपाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न मोबाइल एपमार्फत पुस २६ भित्र आवेदन दिनुपर्ने

रास्वपा प्रवक्ता मनिष झाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षा राख्नेहरूले मोबाइल एपमार्फत आवेदन दिनुपर्नेछ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

To become a direct candidate for the Rashtriya Swayamsevak Sangh (RSS), one must apply through the mobile app by December 10.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पुस २६ सम्म आवेदन दिन पाइने भएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षा राख्नेहरूले मोबाइल एपमार्फत आवेदन दिनुपर्नेछ । 'प्रतिनिधिसभा सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म । उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत दिन सकिनेछ,' झाले भने । 

रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि पार्टीलाई २५ हजार रुपैयाँ बुझाएर आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइने यसअघि नै सूचना जारी गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully