निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौं : संयोजक दाहाल

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

There will be no alliance with any party in the election, we are not afraid of the Rabi-Balen unity: Coordinator Dahal

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे  । ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन ।’

उनले आफूहरु कसैसँग नडराएको दोहोर्‍याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाझ जाने पनि बताए ।

उनले पार्टी कामको सिलसिलामा भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए । 

उनले भने, ‘हाम्रो पार्टी एकता भइसकेपछि सबै प्रदेशहरुमा एकता सन्देश सभा राखेको तपाईंहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन् । हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरु आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन ।’

कान्तिपुर

Link copied successfully