त्यसमध्ये सूचना तथा प्रचार, प्रसार समिति सुवास पोखरेलको नेतृत्वमा गठन भएको छ ।
काठमाडौँ — विशेष महाधिवेशनको व्यवस्थापनका लागि १८ वटा समिति बनाउने तयारी गरिएको छ । त्यसमध्ये सूचना तथा प्रचार, प्रसार समिति सुवास पोखरेलको नेतृत्वमा गठन भएको छ । समितिको सहसंयोजकमा बलदेव तिमिल्सिना रहेका छन् ।
महाधिवेशन पक्षधर नेताहरुले आवास तथा खाना व्यवस्थापन, पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य समन्वय, जनपरिचालन जुलुस व्यवस्थापन, व्यवस्थापन, प्रदेश सांसद समन्वय, पूर्व सांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम, जेन–जी युवा परिचालन र जिल्ला फोकल पर्सन समन्वय समिति बनाउने भएका हुन् ।
प्रचारप्रसार समितिका संयोजक पोखरेलले भने, ‘यो त केन्द्रीय कार्यसमिति आफैंले गर्नुपर्ने काम हामीहरुले गरिरहेका छौं,’ उनले भने,‘केन्द्रीय कार्यसमितिले बोलाउन सक्ने भएकाले हामीले केही समिति गठनमा ढिलाइ भएको हो ।’
