कालीकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गरेका हुन् ।
काठमाडौँ — नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालीकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गरेका हुन् ।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए । शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन् ।
शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए ।
