दिल्लीमा नेकपा संयोजक दाहाल र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेट

होटलमै पुगेर डोभालले दाहालसँग गोप्य भेटवार्ता गरेका छन्, जहाँ दुई नेताबीच एक घण्टाभन्दा बढी समय गहन छलफल भएको स्रोतले जनाएको छ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

NCP Coordinator Dahal and Indian National Security Advisor Doval meet in Delhi

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्।

पार्टी कार्यक्रमका लागि भारत पुगेका दाहालले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेका हुन्। डोभाल स्वयं दाहाल बसेको होटल ताजमान सिंहमा पुगेर भेटवार्ता गरेका थिए।

भेटघाटलाई गोप्य राख्न खोजिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार दाहाल र डोभालबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो। त्यसैगरी, दाहालको भेट सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूसँग पनि भएको बताइएको छ।

दाहालले पार्टी कार्यक्रममा सहभागी हुन भन्दै ‘आकस्मिक’ रूपमा दिल्ली यात्रा तय गरेका थिए। उनी सोमबार साँझ नै काठमाडौं फर्किने तयारीमा छन्।

कान्तिपुर संवाददाता

Link copied successfully