‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अर्को कुनै विकल्प छैन’

विशेष महाधिवेशन पक्षधर नेताहरू भन्छन् : कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?

पुस १८, २०८२

कान्तिपुर संवाददाता

'Congress has no other option but to hold a special general convention'

What you should know

काठमाडौँ — कांग्रेसमा विशेष महाधिवेशन जसरी पनि गर्नैपर्ने भन्दै नेताहरूले पार्टी नेतृत्वमाथि दबाब बढाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुने भएसँगै विशेष महाधिवेशन गर्नुपर्ने माग गरेको अवस्थामा अन्य नेताहरूले पनि विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताहरूले जसरी पनि पुस २७ र २८ मा विशेष महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

'अब स्पष्ट छ- नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?,' विशेष महाधिवेशन पक्षले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।'

विधानले तोकेको समयसीमा माग भएको तीन महिना” अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्ने हुँदा विधानको सीमाभित्र रही हामी विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पौष २७-२८ मा विधानको धारा १७ (२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न माग गरिएको छ । 

विशेष महाधिवेशनलाई कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्न आग्रह गरिएको छ ।  

'Congress has no other option but to hold a special general convention'

'Congress has no other option but to hold a special general convention'

कान्तिपुर

Link copied successfully