कालीकोटमा नेकपाबाट संयोजक दाहालको नाम सिफारिस 

संयोजक दाहाललाई हालसम्म १० वटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।

पुस १७, २०८२

तुलाराम पाण्डे

NCP recommends Dahal's name as coordinator in Kalikot

कालीकोट — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस भएको छ । बिहीबार बसेको पार्टीको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ दाहालको नाम मात्र सिफारिस गरेको हो । 

यद्यपि संयोजक दाहाललाई हालसम्म १० वटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गत आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन ।

२०६४ यता लगातार माओवादीले जित्दै आएको कालीकोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा पनि चुनाव लड्ने चर्चा रहेको छ । 

कालीकोटबाट कांग्रेस युवा भुपेन्द्रजङ शाही, रास्वपाबाट प्रकाश न्यौपाने भकरान्तैले उम्मेदवारी घोषणा गरिसकेका छन्  भने अन्य दलबाट भने उम्मेदवार सिफारिस हुन बाँकी छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully