विशेष महाधिवेशनको प्रतिवेदन लेख्न धुलिखेल पुगे कांग्रेस महामन्त्री थापा

बिहीबार साँझ कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'म विशेष महाधिवेशनमा पेस गर्ने प्रतिवेदन लेखनमा संलग्न भएकाले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा संलग्न छैन ।'

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Congress General Secretary Thapa reaches Dhulikhel to write report of special general convention

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापा विशेष महाधिवेशनमा पेस गर्नका लागि प्रतिवेदन लेखनमा जुटेका छन् । काभ्रेको धुलिखेल पुगेर थापा प्रतिवेदन लेखनमा लागेका हुन् । 

कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको छ । नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको तयारी भइरहेको हो । 

कांग्रेस महामन्त्री थापाले आफू प्रतिवेदन लेखनमा व्यस्त रहेको बताए । बिहीबार साँझ कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'म विशेष महाधिवेशनमा पेस गर्ने प्रतिवेदन लेखनमा संलग्न भएकाले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा संलग्न छैन ।'

नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

महामन्त्रीद्वयले बिहीबार मात्रै नियमित महाधिवेशनका प्रक्रिया स्थगित भएको र विशेष महाधिवेशन तयारी सुरु गरिएको जानकारी दिएका थिए ।

कान्तिपुर

Link copied successfully