कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वय अगाडि बढेका हुन्

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Congress calls for meeting of Central Performance Committee

काठमाडौँ — महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेस महामन्त्रीद्वय थापा र  शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् । 

साथै सूचनामा पुस २६-२८ मम गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ ।संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना जारी गरेका छन् ।

कान्तिपुर

Link copied successfully