पुसभित्रै विशेष अधिवेशन गर्ने बाटोमा अगाडि बढ्यौँ : कांग्रेस महामन्त्री थापा

पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ : महामन्त्री थापा

पुस १६, २०८२

कान्तिपुर संवाददाता

We are moving forward on the path to hold a special convention within December: Congress General Secretary Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन हुने बताएका छन् । बुधबार 'राष्ट्रिय एकता र मेलमिलाप दिवस' का अवसरमा शुभकामना दिँदै महामन्त्री थापाले पुस मसान्तभित्रै कांग्रेसको विशेष अधिवेशन अनिवार्य भएको बताएका हुन् । 

पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढिसकेको पनि उनको भनाइ छ । 'निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन - भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,' महामन्त्री थापाले भनेका छन् । 

त्यस्तै उनले पार्टीमा रहेका सबैलाई एकताबद्ध हुन आह्वान गर्दै अगाडि भनेका छन्, 'राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ।'

कान्तिपुर

Link copied successfully