पार्टी एकतामा विक्रम पाण्डेले भने, 'अब नेताहरूले कसम नखानुहोला'

२८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा पोडियममा देखिएका कमल थापाले हिन्दु धार्मिक ग्रन्थ गीता हातमा बोकेर भनेका थिए, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न ।’

पुस १६, २०८२

कान्तिपुर संवाददाता

On party unity, Vikram Pandey said, 'Leaders should not swear anymore'

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले विगतमा पार्टी विभाजन गर्ने नेतालाई लक्षित गर्दै अब नेताहरूले कसम नखान आग्रह गरेका छन् ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै पाण्डेले विगतमा कहाँ–कहाँ के–के कसम खाइएको थियो भन्ने कुरा सम्झिन आग्रह गरे ।उनले पार्टीका शीर्ष नेताहरूलाई सम्बोधन गर्दै भने, ‘मैले त्यो दिनको भाकल पूरा गरेको थिएँ । आज मैले भाकल पूरा गरेर मनमनै भगवान सम्झिएको छु भन्नुहोला।’

पाण्डेले नेताहरूलाई कसम नखान आग्रह गर्दै भने, ‘नेताहरूले कसम चाहिँ नखानुहोला । कहाँ–कहाँ के–के कसम खानु भएको थियो, सम्झिनुहोला । हाम्रो पार्टीलाई पनि पाप नलागोस् भनेर भाषण गर्नुहोला ।’

विगतमा सहरी विकासमन्त्रीसमेत बनेका पाण्डेले पार्टीमा पहिले–पहिले गरिएको भाकल र कुलदेवतासँग गरेको कसम पूरा नभएको त होइन भनेर प्रश्न गरे । उनले भने, ‘मैले त्यो भाकल पूरा गरेको थिएँ । आज त्यो पूरा गरेर मनमनै भगवान र तीर्थ सम्झिनुहोला ।’

उनले विगतमा एउटा नदीका दुई भँगालो बनेको पार्टी अहिले एउटै मूलमा मिसिएको बताए । सबै राष्ट्रवादी समूह, संस्था र अभियन्तालाई पार्टीमा ल्याएर आगामी निर्वाचनमा राष्ट्रवादी पार्टीको जित सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । पाण्डेले राष्ट्रवादीहरूको लडाइँ सुरु भएको उल्लेख गर्दै कार्यकर्तालाई उच्च भावना लिएर उठ्न सक्ने पार्टी बनाउनुपर्ने बताए । उनले जिल्ला–जिल्लामा पार्टी चलाएर बस्न गाह्रो भएको स्वीकार गर्दै आफूहरूले अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे ।

२८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा पोडियममा देखिएका कमल थापाले हिन्दु धार्मिक ग्रन्थ गीता हातमा बोकेर भनेका थिए, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न ।’

तर थापाको गीता कसम करिब दुई वर्षमै टुट्यो । २०७८ मा भएको एकता महाधिवेशनमा पार्टी अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले राप्रपा छाडेको घोषणा गरे । महाधिवेशनमा लिङदेनले १ हजार ८ सय ४४ मत ल्याएका थिए भने थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेका थिए । २५ मंसिर २०७८ मा हेटौँडा पुगेर उनले राप्रपा नेपाल ब्युँताएका थिए ।

सम्बन्धित समाचार 

यो अंकमाल कहिलेसम्म ?

कान्तिपुर संवाददाता

Link copied successfully