कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंह केसीदेखि राष्ट्रपतिकी छोरीसम्म

कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नाम पनि अटाएका छन्।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

From Arjun Narsingh KC to the President's daughter in the Congress' proportional list

काठमाडौँ — नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समेटिएको छ।

कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नाम पनि अटाएका छन्।

यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसीसम्मको नाम पनि सूचीमा समावेश गरिएको छ।

समानुपातिक सुची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० कोभागबण्डा लगाएको थियो । कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदोर्‍याउने मापदण्ड बनाएको थियो । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्ति समेत सूचीमा रहने छैनन् ।

कांग्रेस महामन्त्री गगन थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीलाइ समानुपातिक सूचीमा पारेको भनेर सार्वजनिक रुपमा भइरहेको टिकाटिप्पणीको भने खन्डन गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन, 'नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।' मेरो र वहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरु हुन्छन, कहिले मिल्छन, कहिले बाझिन्छन् । जसरी कुनै बेला हाम्रो राजनीतितक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित चुनाव लड्यौं । यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो ममत भिन्नता रह्यो ।'

 

 

कान्तिपुर संवाददाता

Link copied successfully