रवि र बालेनले आइतबार रातिसमेत कुलमानसँग छलफल गरेका थिए । रवि र बालेनबीच सम्झौता हुने बेला समेत उनलाई बोलाइएको थियो ।
काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग फेरि कुराकानी थालेका छन् । उनीहरूबीच काठमाडौंको एक स्थानमा कुराकानी भइरहेको रास्वपाका एक नेताले बताए ।
कुलमानलाई समेत एकतामा ल्याउन उनीहरूले अन्तिम प्रयास गरिरहेको ती नेताको भनाइ छ ।
रवि र बालेनले आइतबार रातिसमेत कुलमानसँग छलफल गरेका थिए । रवि र बालेनबीच सम्झौता हुने बेला समेत उनलाई बोलाइएको थियो ।
तर, कुलमानले फोन उठाएका थिएनन् । रवि–बालेन सहमतिबाट असन्तुष्ट कुलमानलाई फेरि समेट्नुपर्ने भन्दै बालेनले गृहकार्य अघि बढाएका थिए ।
निर्वाचन आयोगमा आजै समानुपातिकतर्फको सूची बुझाउनुपर्ने छ, त्यसअघि नै सहमति गर्ने प्रयास भइरहेको बताइएको छ ।
