पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नहुने भएका छन् ।
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नहुने भएका छन् ।
यसअघि सांसद नभएका प्रमेश हमाल, मित्र परियार लगायत ११० जना समानुपातिक उम्मेदवारको सूची पठाइँदैछ ।
आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको संयोजक प्रष्पकमल दाहालको सचिवालयले जनाएको छ।