बयान दिन पुगे, पूर्व गृहमन्त्री रमेश लेखक

उनले दिउँसो २ बजे कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरबारमा पत्रकारसँग बयानका बारेमा जानकारी गराउने कार्यक्रम राखेका छन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Former Home Minister Ramesh Lekhak arrives to give statement

काठमाडौँ — तत्कालीन गृहमन्त्री रमेश लेखक २३ र २४ भदाैकाे घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् ।

बयान सकेर उनले दिउँसो २ बजे कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरबारमा पत्रकारसँग बयानका बारेमा जानकारी गराउने कार्यक्रम राखेका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले आफ्नो काम अन्तिमतिर पुर्‍याएको छ । आयोगले यसअघि सुरक्षा निकायका प्रमुख र प्रशासनिक निकायका प्रमुखहरुको बयान लिएको थियो ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, मुख्यसचिव एकनारायण अर्याल लगायतको बयान लिएको थियो । त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आईजीपी चन्द्रकुबेर खापुङसहितको पनि बयान लिइसकेको छ ।

सुरुमा तीन महिनाको समय पाएको आयोगलाई पछिल्लो पटक सरकारले एक महिना थप गरेको थियो । आयोगले माघ पहिलाे साता सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully