कुलमानसँग एकतापछि बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु

मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, ' म नेपाल हाँसेको हेर्न चाहन्छु ।'

पुस १४, २०८२

कान्तिपुर संवाददाता

After uniting with Kulman, Balendra said: I want to see Nepal smile.

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको हो । 

मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, ' म नेपाल हाँसेको हेर्न चाहन्छु ।'  बालेनले केही समयअघि 'म हाँसेको हेर्न चाहन्छु' नामक गीत युट्युबबाट रिलिज भएको थियो । उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुन: रिभाइज गरेर 'लाज शरणम' फिल्मका लागि बनाइएको थियो । 

सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।'

कान्तिपुर

Link copied successfully