एमालेको सचिवालय बैठक सुरु

समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीलाई अन्तिम रूप दिने एजेन्डा

पुस १३, २०८२

कान्तिपुर संवाददाता

UML secretariat meeting begins

काठमाडौँ — एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीलाई अन्तिम रूप दिने एजेन्डा रहेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ ।

UML secretariat meeting beginsजिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । 

बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ । महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ । 

कान्तिपुर

Link copied successfully