उनीहरुले काठमाडौं महानगरपालिकाको एक कोठामा अहिले संवाद जारी राखेका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुलमान घिसिङसँग फेरि संवाद थालेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिकाको एक कोठामा अहिले संवाद जारी राखेका छन् । शनिबार राति ७ घन्टासम्म भएको छलफलपछि बालेनले सरकार र रविले पार्टीको नेतृत्व गर्ने गरी समझदारी भएको थियो ।
मध्यराति छलफल चलिरहँदा कुलमानलाईसमेत बोलाउन खोजिएको थियो । तर, उनले फोन उठाएका थिएनन् । आइतबार पोखरा पुगेर कुलमानले आफ्नो सम्मानलाई नमेटाइ सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीका सदस्य र पदाधिकारीबाट पनि बालेन–रविसँग मिल्न दबाब थियो । रास्वपा छाडेकी सुमना श्रेष्ठले कुलमानलाई एकतामा समेट्ने जिम्मेवारी रवि र बालेनकै भएको बताएकी थिइन् ।
