बालेन्द्रसँग एकताको प्रस्ताव रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन

शनिबार राति ७ घन्टासम्म चलेको वार्तापछि बालेन्द्र शाहलाई सरकार प्रमुख र रवि लामिछानेलाई सभापति बनाउने गरी दुई नेताबीच एक ठाउँमा उभिने सहमति भएको थियो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Proposal for unity with Balendra approved by RSP Central Committee

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग एकता गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आइतबार बसेको विशेष बैठकले रास्वपा र शाहबीचको बृहत् एकतासम्बन्धी सहमतिबारे छलफल गरेर अनुमोदन गरेको हो । 

‘राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिविम्बित गर्ने सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षाका साथ बृहत् एकतासम्बन्धी सहमतिको केन्द्रीय समिति सम्मानसाथ पूर्ण कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले भनेका छन् । 

शनिबार राति ७ घन्टासम्म चलेको वार्तापछि बालेन्द्र शाहलाई सरकार प्रमुख र रवि लामिछानेलाई सभापति बनाउने गरी दुई नेताबीच एक ठाउँमा उभिने सहमति भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully