गाडी नचल्ने ठाउँमा प्रचारका लागि ४ वटा घोडा प्रयोग गर्न पाइने[आचारसंहिताको पूर्णपाठसहित]
काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली, गर्दा बढीमा दस वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।
त्यस्तै प्रचारप्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाइने पनि आचारसंहितमा उल्लेख छ । त्यसका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा २ वटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे सवारी साधन प्रयोग गर्न पाइनेछ । त्यसैगरी गाडी नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न पाइनेछ ।
त्यस्तै राजनीतिक दलले प्रचार प्रसारका लागि दुई जना मुख्य प्रचारक(स्टार प्रचारक) को नाममा आयोगमा बुझाउनुपर्ने छ । आयोगले अनुमति दिएका दुई स्टार प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न पाउनेछन् ।
यस्तो छ आचारसंहिता
