निर्वाचनको वातावरण बनाउन ३ दलका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री

सरकारले निर्वाचनको वातावरण नबनाएको भनेर प्रतिनिधिसभा पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएको एमालेले पछिल्लो संवादपछि निर्वाचनप्रति सकारात्मक देखिएको छ ।

पुस १२, २०८२

कुलचन्द न्यौपाने

Prime Minister holds discussions with top leaders of 3 parties to create an environment for elections

काठमाडौँ — निर्वाचनका लागि आवश्यक वातावरण बनाउने सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेकी छिन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसँग प्रधानमन्त्री कार्कीले संवाद थालेकी हुन् । सरकारले निर्वाचनको वातावरण नबनाएको भनेर प्रतिनिधिसभा पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएको एमालेले पछिल्लो संवादपछि निर्वाचनप्रति सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको पछिल्लो तिक्तताका कारण उत्पन्न गतिरोध हटाउन गत पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेका थिए । राष्ट्रपति पौडेलले आफ्नो रोहबरमा प्रधानमन्त्रीसहित देउवा, ओली र दाहाललाई सँगै राखेर संवादहीनता तोडेका थिए । त्यसपछि प्रधानमन्त्री कार्कीले बालुवाटारमा पहिलोपल्ट तीन नेतासँग संवाद अघि बढाएकी हुन् । 

प्रमुख तीन दलका नेताहरूले सुरक्षास्थिति सुदृढ बनाउन, एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई लगाइएको स्थानहद फुकुवा गरेर चुनावी वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । सरकार त्यस मागप्रति लचिलो भएको छ । बालुवाटार स्रोतका अनुसार अहिले बसिरहेको छलफलमा त्यसबारेमा पनि कुराकानी हुनेछ ।

कुलचन्द न्यौपाने

Link copied successfully