शनिबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेका उनले पार्टी केन्द्रीय कमिटीमा सहकार्यको प्रस्तावबारे जानकारी दिँदैछन् ।
काठमाडौँ — उज्यालो नेपाल पार्टीका केन्द्रीय कमिटी बैठकमा ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ सहभागी भएका छन् ।
शनिबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेका उनले पार्टी केन्द्रीय कमिटीमा सहकार्यको प्रस्तावबारे जानकारी दिँदैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकार्यको प्रस्ताव ल्याएपछि बालेन कुलमानलाई समेत समेटेर लैजाने प्रयासमा छन् । त्यस्तोमा पछिल्लो समय विकसित घटनाक्रमबारे घिसिङले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।
रवि–बालेन छलफल चलिरहेका बेला उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ‘एकताको अर्थ अरुलाई समाप्त गर्नु नभएको’ बताएका छन् । ‘सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो,’ उनले भनेका थिए ।
पार्टी बैठक सकेर मन्त्री घिसिङ पोखरा जाने कार्यक्रम छ ।
