गोरखा-१ मा नेकपाबाट पुष्पकमल दाहालको नाम सिफारिस

गोरखा-२ मा नारायणकाजी श्रेष्ठको नाम सिफारिस, दुवै क्षेत्रबाट ५-५ जनाको नाम केन्द्रमा पठाइयो

पुस १०, २०८२

हरिराम उप्रेती

Pushpa Kamal Dahal's name recommended by NCP in Gorkha-1

गोरखा — नेकपा, गोरखाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ मा पुष्पकमल दाहालको नाम सिफारिस गरेको छ । 

बुधबारको कार्यालय बैठकले निर्णय गरेर बिहीबार नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेकपाका केन्द्रीय सदस्य अमर तमुले बताए ।

गोरखा क्षेत्र नम्बर-१ मा पुष्पकमल दाहालसहित हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस भएको छ । दाहाल यसअघिको २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । 

त्यस्तै क्षेत्र नम्बर २ बाट नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनिष अर्यालको नाम सिफारिस गरिएको तमुले बताए । ‘दुवै क्षेत्रबाट ५/५ जनाको नाम सिफारिस गरेका छौं,’ तमुले भने । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully